२०८३ असार ३ गते , बुधबार

अलकत्रा बोक्ने ट्रकमा आगलागी, एकजना गम्भीर घाइते

sajilo news
झापा
२०८२ बैशाख २२ गते , सोमबार
अलकत्रा बोक्ने ट्रकमा आगलागी, एकजना गम्भीर घाइते

झापामा अलकत्रा बोक्ने ट्रकमा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् । आइतबार दिउँसो शिवसताक्षी नगरपालिका– ९ चिल्लागढस्थित चिल्ल गढ–बैंकडाँडा सडक खण्डमा कालोपत्रे गर्ने क्रममा पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.ली. को ना ८ ख १३६४ नम्बरको अलकत्रा बोक्ने ट्रकमा अचानक आगलागी भएको हो । आगलागीबाट ट्रकको पछाडिको भाग जलेर ट्रक नचल्ने अवस्थामा पुगेको छ ।

उक्त आगो निभाउने क्रममा सोही सडकमा काम गर्ने गौरीगंज गाउँपालिका-४ बस्ने २५ वर्षीय ओम ताजपुरिया घाइते भएका छन् ।कम्मरमुनि अगाडिको भाग जलेर घाइते भएका ताजपुरियालाई उपचारको लागि ठेकेदार वीरेन्द्र मैनालीले बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका थिए । उनलाई थप उपचारको लागि गएराति पारस अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार