२०८३ असार ३ गते , बुधबार

यस्तो छ आजको मौसम, यी स्थानमा बर्षा हुने

sajilo news
झापा
२०८२ बैशाख २२ गते , सोमबार
यस्तो छ आजको मौसम, यी स्थानमा बर्षा हुने

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी  र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

देशमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार