२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा स्कुटर दुर्घटनामा परी लिम्बुको मृत्यु, विदेश उड्ने सपना अधुरै

sajilo news
पार्थ मण्डल
२०८२ बैशाख २१ गते , आईतबार
भद्रपुरमा स्कुटर दुर्घटनामा परी लिम्बुको मृत्यु, विदेश उड्ने सपना अधुरै

झापा । भद्रपुरमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ स्थित गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार आइतबार राती पौने ९ बजेको समयमा मेची राजमार्गको चारआली-केचना सडक खण्ड अन्तरगत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर भद्रपुर–४ स्थित झापा चोकदेखि दक्षिण तल बाहुन गाउँमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी स्कुटर चालक दमक नगरपालिका– २ का २९ वर्षीय रबिन फुयल सकुशल रहेको र स्कुटर पछाडि लिम्बुको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको थियो । लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सडक नालामा गएर ठोक्किँदा स्कुटरको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । वैदेशिक रोजगारीका लागि विदेश जानका लागि बिर्तामोडको एक म्यानपावर पुगेर उनीहरू फर्किँदै थिए । लिम्बुलाई स्कुटर चालक फुयल घर छोड्न आएका थिए । लिम्बुको ससुराली घर भद्रपुर हो । पानी परिरहेको र बिजुली पनि गएको अवस्थामा सो स्कुटर अनियन्त्रित भएर सडक छेउको नालामा खसेर दुर्घटना भएको थियो । यता वडा प्रहरी कार्यालय भद्रपुरले स्कुटर र स्कुटर चालक फुयललाई नियन्त्रणमा लिएको छ । 

 

सम्बन्धित समाचार