२०८३ असार ३ गते , बुधबार

शिवसताक्षीको फर्निचर उद्योगमा आगलागी, करिब १० लाखको क्षति

sajilo news
झापा
२०८२ बैशाख २० गते , शनिबार
शिवसताक्षीको फर्निचर उद्योगमा आगलागी, करिब १० लाखको क्षति

झापा शिवसताक्षीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान अन्दाजी २ः४० बजे शिवसताक्षी नगरपालिका-५ आमबारी बस्ने घुरण साहको काठ फर्निचर उद्योगमा अचानक आगलागी भएको हो ।

आगलागीबाट फर्निचरभित्र रहेको औजार, सखुवाको काठ र फर्निचरको तयारी सामानहरू जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको छ ।

उक्त आगो स्थानीयवासी, इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोली र शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा बिहान ३ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार