२०८३ असार ३ गते , बुधबार

केआईआईटीमा प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

sajilo news
झापा
२०८२ बैशाख १९ गते , शुक्रबार
केआईआईटीमा प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले गरे प्रदर्शन

पद्मकन्या कलेजका विद्यार्थीहरूले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
स्ववियुको नेतृत्वमा विद्यार्थीहरूले आज बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले कालो मास्क लगाएर घटनाको विरोध गरेका थिए ।
उनीहरूले ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘वी वान्ट जस्टिस’ लगायत नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए । वीरगन्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

सम्बन्धित समाचार