२०८३ असार ३ गते , बुधबार

ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

sajilo news
रासस
२०८२ बैशाख १९ गते , शुक्रबार
ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु

मकवानपुर ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट  राक्सिराङ गाउँपालिका–९ का  ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको हो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । 

सम्बन्धित समाचार