२०८३ असार ३ गते , बुधबार
उदयपुरमा स्कोरपियो गाडी दुर्घटना : मृतक बस्नेत दमक नगरपालिकाका कानुनी अधिकृत
झापा । उदयपुरको कटारीमा स्कोरपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटना परी गाडीमा सवार अन्य ६ जना घाइते भएका छन् ।
दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत दमक नगरपालिकाका कानुन अधिकृत हुन् । उनी न्यायिक समितिको कार्यक्रममा सहभागी भएर घर फर्किदै थिए ।
मदन भण्डारी लोकमार्ग अन्तरगत कटारी नगरपालिका ६ स्थित सोमबारेमा बिहीबार दिउँसो ४ः १० बजेको समयमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कोरपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको थियो । गाडीमा सवार चालकसहित सातै जना झापा बासिन्दा हुन् । उनीहरु दमक नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि रहेको बताइएको छ ।