२०८३ असार ३ गते , बुधबार

झापामा बढ्यो दुर्घटना, एक बालकसहित दुईजनाको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख १८ गते , विहीबार
झापामा बढ्यो दुर्घटना, एक बालकसहित दुईजनाको मृत्यु

झापामा भएका सवारी दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ९ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलस्थित भित्री सडक खण्डमा मे १ त ६२०० नम्बरको ट्याक्टर बाहुन टोलबाट पूर्व चिया बगानतर्फ जाँदै गर्दा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय सैला मुर्मुका छोरा अन्दाजी ८ वर्षीय देवराज मुर्मु झर्ने क्रममा अचानक लडेका थिए । नाक र छातीमा चोट लागेर घाइते भएका बालकलाई दमक हस्पिटल एन्ड रिसर्च सेन्टर पुर्‍याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

त्यस्तै दुई दिनअघि बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा बोलेरो पिकअपको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलवार दिउँसो ४ः३० बजे बर्नेस्थित मेची राजमार्गमा इलामबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ९२१४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–००२ च ५२६ नम्बरको बोलेरो पिकअप गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड-५ बस्ने ३६ वर्षीय लीलाराज सन्जेल र सोही मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा ५ बस्ने लालबहादुर राजवंशी घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । मोटरसाइकल चालक सन्जेलको उपचारको क्रममा गएराति २;५० बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार