२०८३ असार ३ गते , बुधबार

जसपा नेतृ यादवको ‘पेस्तोल डान्स’ को भिडियो भाइरल भएपछि...

sajilo news
झापा
२०८२ बैशाख १८ गते , विहीबार
जसपा नेतृ यादवको ‘पेस्तोल डान्स’ को भिडियो भाइरल भएपछि...

आफ्नै पेस्तोल डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जसपा नेपालकी नेतृ डा. बबी सिंह यादवले मुख खोलेकी छिन् ।  त्यो खेलौना बन्दुक भएको जसपा नेतृ यादवले स्पष्टीकरण दिएकी हुन् । एक विवाह समारोहमा आफूले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाइएको उनको भनाई छ ।

उनले भनेकी छन्, ‘केही समय यता सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । एक वैवाहिक समारोहकाबीच मैले रेन्जर टोय नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनुहुन यहाँ सम्पूर्णमा अनुरोध एवं आग्रह गर्दछु ।’ साथै उनले सो भिडियो नितान्त मनोरञ्जनात्मक मात्रै भएको बताएकी छन् । यता प्रहरीले भने घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार