२०८३ असार ३ गते , बुधबार

जेठा मुर्मुले कचनकवल गाउँपालिकाले दिएको साउण्ड सिस्टम नलिई चित्त दुखाएर फर्किए

sajilo news
झापा
२०८२ बैशाख १७ गते , बुधबार
जेठा मुर्मुले कचनकवल गाउँपालिकाले दिएको साउण्ड सिस्टम नलिई चित्त दुखाएर फर्किए

झापाको सडकहरूमा गाउँ गीत गाउँदै हिँड्ने दृष्टिविहीन जेठा मुर्मुलाई मंगलवार कचनकलव गाउँपालिकाको परिसरमा एक थान साउण्ड सिस्टम प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र करुणा फाउन्डेसनका प्रतिनिधिहरूले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सडकमा गीत गाउनका लागि आवश्यक पर्ने साउण्ड सिस्टम हस्तान्तरण कार्यक्रममा दुई वटा गीत गाएर मुर्मु भद्रपुर फर्किएका छन् । रितुहरुमा तिमि‘।आँखा छोपी नरोऊ‘ भन्ने गीत गाएका जेठ मुमु १७ वर्षदेखि सडकमा गीत गाएर जीवन धानिरहेका छन् ।

कचनकवल गाउँपालिका उनको आफ्नै पालिका हो । आफ्नै पालिकामा साउण्ड सिस्टम पाउने भनेपछि खुशी भएका मुर्मु दुखी भएर फर्किएका छन् । उनले भने जस्तो सिस्टम नपाएपछि सामान छोडेरै फर्किएको बताए । अपाङ्गता रोकथाम तथा पुनर्स्थापन लागि कचनकवल गाउँपालिकासँगको त्रिपक्षीय कार्यक्रम अन्तर्गत उनलाई साउण्ड सिस्टम प्रदान गरिएको हो ।

मुर्मुका अनुसार रिमोट राम्रोसँग चलेन । माइक्रोफोन पनि एक थान मात्रै रहेछ । हेवी स्पिकर होला भन्ने लागेको होइन रहेछ । सामान्य किसिमको सिस्टम धेरै बिग्रिने गरेको उनको भनाई छ । चित्त नबुझेपछि करुणा फाउन्डेसन र दृष्टिविहीन अगुवा दिलकुमार राजवंशीलाई छोडेर आएको मुर्मुले जानकारी दिए ।

अपाङ्गता रोकथाम कार्यक्रम करुणा फाउन्डेसन नेपाल, कचनकवल गाउँपालिका र सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन गरिएको हो । उक्त सामग्री प्रदान गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहाल तथा करुणा फाउन्डेसन पालिका संयोजक अञ्जना लामिछाने सहभागी थिए ।

सम्बन्धित समाचार