२०८२ जेष्ठ ११ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा परेका सहारा साकोसका कर्मचारी राजवंशीको मृत्यु

sajilo news
झापा
२०८२ बैशाख १५ गते , सोमबार
मोटरसाइकल दुर्घटनामा परेका सहारा साकोसका कर्मचारी राजवंशीको मृत्यु

करिब दुई साताअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मेचीनगर नगरपालिका-७ का २६ वर्षीय प्रह्लाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।

सहारा नेपाल साकोस लक्ष्मीपुर शाखामा समूह प्रवर्द्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका-६ रेखा पुलनजिक दुर्घटनामा परेका थिए । उनको उपचारका क्रममा सोमबार दिउँसो २ः१५ बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत चैत ३१ गते अन्दाजी १३० बजे  काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १० प ७३३६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्र १–०१–००१ च ९८७३ नम्बरको छोटा हात्ती गाडीलाई ओभरट्याक गर्ने क्रममा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको १–०३–००१ ज ००४८ नम्बरको इलेक्ट्रिक भ्यान एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक राजवंशी र उक्त मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २३ वर्षीया प्रियङ्का राजवंशी घाइते भएका थिए । दुवै घाइतेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार