२०८३ असार ३ गते , बुधबार
वित्तीय पीडितद्वारा अर्धनग्न प्रदर्शन
वित्तीय पीडितहरूले आफूहरूको शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै काठमाडौँमा आज अर्धनग्न प्रदर्शन गरेका छन् । आफूहरूको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।
लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौँदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरूसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।