२०८३ असार ३ गते , बुधबार

नेपाल प्रहरीका ६३ एसपीको सरुवा, झापामा लिम्बु आउने

sajilo news
झापा
२०८२ बैशाख १५ गते , सोमबार
नेपाल प्रहरीका ६३ एसपीको सरुवा, झापामा लिम्बु आउने

नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गर्दै सरुवा भएकै दरबन्दीबाट तलब भत्ता पाउने जानकारी पनि गराएको हो ।

कार्यालय प्रमुखका रूपमा एक वर्षको न्यूनतम कार्य अवधि पूरा गरेर बसेका एसपीहरू यो सरुवामा परेका छन् । त्यसक्रममा जिल्लामा नयाँँ प्रहरी प्रमुख जाने भएका छन् ।

एसपी दर्जाको आकर्षक मानिने तराईका भारतीय सीमावर्ती जिल्लामध्ये झापामा राजन लिम्बू , चितवनमा गोविन्द पुरी,  कैलालीमा बालनरसिंह राणा, सुर्खेतमा सुधीरराज शाही सरुवा भएका छन् । यसअघि २०८१ फागुन १ को सरुवामा विभिन्न जिल्ला प्रहरीको प्रमुखमा पठाइएका कतिपय एसपी १४ महिनापछि फिर्ता भएका छन् । त्यही मितिमा सरुवा भएका कतिपय प्रहरी ५३ दिनदेखि ९-१० महिनामै सरुवा भएका थिए ।

 

सम्बन्धित समाचार