विराटनगरकी सुमित्राले जितिन् ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज

आफ्ना १५ प्रतिस्पर्धालाई ग्रान्ड फिनालेमा पछि पार्दै ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले चुमेकी छिन् । उनले शीर्ष उपाधिसहित २५ हजार रुपैयाँ र विभिन्न उपहार समेत हासिल गरिन् । यस्तै उनले भिवर्स च्वाईस र इन्टेलिजेन्ट ब्युटिसियनको अवार्ड प्राप्त गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमी भवनमा भएको यो प्रतियोगितामा २२ प्रतियोगीबाट फाईनलमा १५ जना चयन भएर उत्रिएका थिए ।
सो प्रतिस्पर्धामा धादिङकी ब्युटिसियन सुजिता अधिकारीले १५ हजार रुपैयाँसहित फस्ट रनर अप र ट्यालेन्ट ब्युटिसियनको उपाधि, धरानकी ब्युटिसियन स्मृति सुब्बाले १० हजार रुपैयाँसहित सेकेन्ड रनर अप, वेस्ट ड्रेस र वेस्ट क्याटवाकको उपाधि हासिल गरिन् ।
यस्तै थर्ड रनर अपसहित वेस्ट मेकअव अवार्ड रचना बज्राचार्यले, पब्लिक च्वाईस र मष्ट ब्युटिफुल अवार्ड रविना ठकुरीले, म्यानेजमेन्ट च्वाईससहित वेस्ट नेलआर्ट अवार्ड रोशनी पुजारीले हासिल गरे ।
सो प्रतिस्पर्धामा वेस्ट हेयर स्टाईलिष्ट अवार्ड अञ्जली चौधरीले, मष्ट स्मार्ट अवार्ड रेशु आचार्यले, मष्ट डिसिप्लेन अवार्ड निशा रजकले, वेस्ट मेहन्दी आर्ट अवार्ड स्नेहा चौधरीले, मष्ट फोटोजेनिक अवार्ड दुर्गा सुवेदीले, वेस्ट फिगर अवार्ड सुजिता दयालले, वेस्ट आई अवार्ड सपना रसाइलीले, मष्ट इन्नोसेन्ट अवार्ड मनसरा राईले र हेल्दी हेयर अवार्ड निर्मला पौडेलले प्राप्त गरे ।
जयन सुब्बा मानन्धरको कोरियोग्राफी, कस्मोलोजिस्ट परिषी कारंजितको संयोजन एवम् यस प्रतियोगिताको पहिलो सिजनको विजेता एवम् गायिका सरिता भारतीको व्यवस्थापनमा यो प्रतियोगिता भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अग्रज अभिनेता भुवन केसी, निर्देशक दीपाश्री निरौलले बिजेताहरुलाई शुभकामना दिए । आयोजक संस्थाकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरुको व्यक्तित्व विकासको लागि विगत ८ वर्षबाट नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन् ।
प्रतियोगिताको ग्रान्ड फिनालेको निर्णायकमा गणेशमान सिंह प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुली, अभिनेता यसराज गराच, फेशन डिजाइनर तथा पूर्व मिसेस् युनिभर्स नेपाल मनीषा डंगोल श्रेष्ठ, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर अश्विनी कान्त, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक विमला मानन्धर र अग्रज ब्युटिसियन निशा शाक्य थिए ।
विभिन्न सांगीतिक प्रस्तुति सहित भएको यो कार्यक्रममा अग्रज संगीतकार एवम् बाँसुरी वादक सुशील कुमार विश्वकर्मा, अग्रज चलचित्र निर्देशक सुचित्र श्रेष्ठ, अग्रज सञ्चारकर्मी जानुका बराल, अग्रज नृत्य निर्देशक केशव कोइराला, गायक नवीन कुमार पौडेल र फेशन डिजाइनर सञ्चिता बराल सो कार्यक्रमका सम्मानित भए । यस्तै ब्युटिसियन क्षेत्रबाट अग्रज ब्युटिसियनहरु सनम खड्गी, हिरा राई र अनिषा तामाङ सम्मानित भएका थिए ।