२०८३ जेष्ठ १७ गते , आईतबार

पल्टियो ८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा

sajilo news
एजेन्सी
२०८१ माघ ४ गते , शुक्रबार
पल्टियो ८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा

कम्तीमा ८० जना आप्रवासी बोकेर स्पेन जाँदै गरेको डुंगा भू-मध्यसागरमा पल्टिएको छ। मोरक्कोको नजिक भएको दुर्घटनामा अधिकांशको मृत्यु भएको आशंका छ। 

दुई दिनअघि मात्रै उक्त डुंगामा सवार ३६ जनाको उद्धार गरिएको मोरक्कोका अधिकारीहरूले जानकारी दिएका छन्। कोचाकोच गरेर चढेका यात्रुलाई डुंगाबाट उद्धार गरिए पनि कम्तीमा ८० जनालाई लिएर डुंगा स्पेनतर्फ गएिको अधिकारीहरूको भनाइ छ। 

डुंगामा ५० जनाभन्दा बढी पाकिस्तानी सवार रहेको र बाँकी यात्रुहरु मध्यपूर्वी एसियाका अन्य देशका रहेका बताइएको छ। आप्रवासी अधिकार समूहले झण्डै १३ दिन समुद्री यात्रा गरेको डुंगो मोरक्को नजिकको तटीय क्षेत्रमा दुर्घटनामा परेको जनाएको छ। गत वर्ष यसरी अवैधरूपमा डुंगामा सवार भएर स्पेन प्रवेश गर्न खोज्ने १० हजार ४५७ आप्रवासीको दुर्घटनामा मृत्यु भएको छ।  प्रत्येक वर्ष हजारौँ आप्रवासीले अवैध यात्राका क्रममा समुद्रमा डुबेर ज्यान गुमाइरहेको रोयटर्सले जनाएको छ।

सम्बन्धित समाचार