२०८२ जेष्ठ ११ गते , शनिबार
पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा पनि घटाइयो

पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा पनि घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा समाजोजन गरी आजदेखि नयाँ भाडा दर लागू गरेको जनाएको छ। घटेको इन्धन शुल्कलाई आधार मानेर भाडा दर निर्धारण गरिएको हो।
साविकको मूल्यमा काठमाडौँबाट भद्रपुर रुटमा १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ।
त्यस्तै, काठमाडौँ–भरपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगञ्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा–जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ।