अभिनेत्री हिना क्यान्सरसँग संघर्ष गर्दै
मुम्बई । बलिउड तथा भारतीय टेलिसृँखलाकी लोकप्रिय अभिनेत्री हिना खान यतिबेला क्यान्सरको समस्यासँग जुधीरहेकी छिन् । उनका प्रशँसकहरुले यतिबेला हिनाको स्वास्थ्यका कामना गरिरहेका छन् ।
यतिबेला क्यान्सरको पाँचौ केमियो लिईरहेकी हिनाले आफ्नो स्वस्थ्यमा केही सुधार भएको जस्तो महसुस भएको बताएकी छिन् । आफुले जीवनको ठुलाई लडाईं अहिले लडिरहेको पनि उनले बताएकी छिन् । हिनाले क्यान्सर बारेमा भर्खरै इन्स्टाग्राममा आफ्नो स्वास्थ्य अपडेट दिएकी छिन्। अब आफ्नो तीनवटा केमो थेरापी बाँकी रहेको उनले बताएकी छिन् । दर्शक र शुभचिन्तकको आशिर्वादले आफु चाँडै निको हुने विश्वासमा रहेको यी अभिनेत्रीको कथन छ ।
धारावाहिक टेलीसृँखला ‘ये रिश्ता क्या कहलाता है’को सफलतापश्चत चम्केकी यी अभिनेत्रीले त्यसपछि दर्जनो टेली सृँखला र केही चलचित्रमा काम गरिसकेकी छिन् । ‘कसौटी जिंदगी के २’ मा खलचरित्रले दर्शकको त्यत्तिकै मन तिजेको छ । विवादास्पद रियालिटी शो ‘बिग बोस’ मा भाग लिएर फस्ट रनर अपको उपाधि समेत जितेकी हिन स्टन्टमा आधारित रियालिटी शो ‘खतरों के खिलाडी’ मा पनि उत्कृष्ट पाँचमा पुगेकी थिईन् ।