२०८२ जेष्ठ ११ गते , शनिबार

आत्महत्या गर्न हिँडेकी मृणाल बनिन् चर्चित अभिनेत्री

sajilo news
एजेन्सी
२०८१ श्रावण १८ गते , शुक्रबार
आत्महत्या गर्न हिँडेकी मृणाल बनिन् चर्चित अभिनेत्री

मुम्बई । मृणाल ठाकुर आफ्नो पछिल्लो चलचित्र कल्की २८९८ सुपरहिट हुँदा निकै खुसी छिन् । यो चलचित्रमा उनी क्यामियोमा छिन् तर उनको भूमिका विशेष छ ।

डेढ दशक अघि कलाकार बन्नका लागि मुम्बईको गल्लीमा भौतारिँदा उनले त्यतिबेला हदै दुःख झेल्नु परेको थिए । त्यतिबेला काम नपाएपछि आत्महत्या गर्ने उदेश्यले उनी रेलको लिकसम्म पुगिन् । सुरुमा रेलले किचिएर मर्ने उनको चाहना थियो, तर अन्तिममा उनलाई मर्न डर लाग्यो । अनि आत्महत्याको योजना त्यागेर फेरी सँघर्षमा फकिईन् । त्यो दिनको बाँच्ने हिम्मतले आज आफुलाई यो सफलताको शिखरमा पु¥याएको यी अभिनेत्रीले बताएकी छिन् ।

मृणाल ठाकुर पहिलो पटक सन् २०१२ मा ‘मुझे कुछ कहती है खामोसिया’ टेली सृँखलामार्फत अभिनयमा डेब्यु गरेकी थिईन् । तर यो सृँखलाबाट उनले खासै चर्चा पाउन सकिनन् । पछि उनी कुमकुम भाग्यमा आबद्ध भईन् । यसमा मुख्य अभिनेत्रीकी बहिनी बुलबुलको भूमिका उनले निभाइन् । यो सृँखलाबाट उनी गृहिणीहरुबीच लोकप्रिय भईन् ।

यसपछि यी अभिनेत्रीले ठुलो पर्दामा काम गर्ने योजना बनाईन्,‘यो सपना बोकेर म बलिउड देखि मराठीसम्म थुप्रै फिल्मको अडिसनमा पुगेँ । सन २०१८ मा लव सोनियामा अनुबन्धित भएपछि बल्ल मेरो ठुलो पर्दाको यात्रा तय भएको हो ।’ मृणालले भनिन् । चलचित्र उधोगमा आफ्ना कोही नभएकाले पनि यो सफलता हाँसिल गर्न एक्लै निकै सँघर्ष गर्नु परेको यी अभिनेत्रीको कथन छ ।

मृणाललाई नायिकाको रुपमा चलचित्र बाटला हाउसले चिनायो । यसपछि ऋतिक रोशनसँग चलचित्र सुपर ३० मा प्रस्तुत भएपछि उनी लोकप्रिय बनिन् ।
चलचित्र जर्सीमा शाहिद कपूरसँग उनको जोडी निकै जमेको थियो । यसपछि साउथको ब्लकबस्टर चलचित्र सीता रामममा यी अभिनेत्रीलाई निकै रुचाइयो । यसरी आफुले बलिउडदेखि दक्षिण भारतीय चलचित्रसम्मको यात्रा गरेर आज यो सफलतामा पुगेको मृणाल ठाकुरको कथन छ ।

विश्वविधालयबाट पत्रकारिता अध्ययन गरेर उनी समाचारको पछि लागिनन् । बरु पर्दामा प्रस्तुत हुने सपना देखेर सानोपर्दा तर्फ लागिन् । अनि ठुलो पर्दा हुँदै आज स्टार अभिनेत्रीको पँक्तिमा उभिएकी छिन् । मास मिडिया छाडेर कला क्षेत्रमा आउनु र आत्महत्याको निर्णय छाडेर अघि बढ्ने अठोटले आज यहाँ पुगेको यी अभिनेत्री बताउँछिन् । अहिले उनीसँग तीनवटा फिल्म छन् । आउँदा दिनमा पनि चलचित्रमा सक्रिय रहने यी अभिनेत्रीको अठोट छ ।

सम्बन्धित समाचार