२०८३ जेष्ठ १७ गते , आईतबार

बंगलादेशमा आन्दोलन चर्कियो, नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

sajilo news
एजेन्सी
२०८१ श्रावण २ गते , बुधबार
बंगलादेशमा आन्दोलन चर्कियो, नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदै गएपछि त्यहाँस्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ। कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा समन्वयन गर्न समेत अनुरोध गरेको छ। दूतावासले  विद्यार्थीहरूको शान्ति,सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरू र नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको जानकारी समेत गराएको छ।

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका छन्। 

आन्दोलनका क्रममा हालसम्म ६ जना विद्यार्थीको मृत्यु भइसकेको छ।  त्यहाँ अर्को सूचना जारी नभएसम्मका लागि शिक्षण संस्थान अनिश्चितकालका लागि बन्द गरिएका छन्। 

सम्बन्धित समाचार