सुन तोलाको एकलाख ५० हजार पुग्यो

नेपाली बजारमा सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ। सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो।
आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।