२०८३ जेष्ठ १७ गते , आईतबार
समुन्द्रमा तेल ट्यांकर दुर्घटना, १३ भारतीयसहित १६ जना बेपत्ता
ओमान नजिकैको समुद्रमा एक तेल बोकेको ट्याङ्कर जहाज पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन्। अफ्रिकी देश कोमोरोसको झण्डा लगाइएको ‘प्रेस्टिज फाल्कन’ नामको उक्त जहाज यही जुलाई १५ मा दुर्घटना भएको ओमानको सामुद्रिक सुरक्षा केन्द्रले जनाएको छ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो। बेपत्ता चालक दलका १६ सदस्यमध्ये १३ भारतीय नागरिक र ३ जना श्रीलंकाका छन्।