२०८१ श्रावण २ गते , बुधबार

बिलबिजक नभएको एक करोड ८९ लाख सामान बरामद

sajilo news
रासस
२०८१ असार २४ गते , सोमबार
बिलबिजक नभएको एक करोड ८९ लाख सामान बरामद

पर्सा प्रहरीले बिलबिजक नभएको रु एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पु¥याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताए । प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरेको हो ।

सम्बन्धित समाचार