२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरमा घरबाटै सिटी सफारी चोरी

sajilo news
झापा
२०८१ असार २३ गते , आईतबार
भद्रपुरमा घरबाटै सिटी सफारी चोरी

भद्रपुर । भद्रपुर–१० लेखनाथ चोकमा घरबाटै सिटी सफारी चोरी भएको छ । गएराति लेखनाथ चोक निवासी रमेश चम्लागाईको घरको कम्पाउन्डबाट चार्जमा राखिएको प्र १–०१–०२ ह ३२२४ नम्बरको निलो नयाँ सिटी सफारी चोरी भएको हो । चार्जको तार काटेर चोरी गरेको पीडितले जनाएका छन् । झापामा यसअघि पनि अटो र सिटी सफारी चोरी भएको छ । जिल्लामा साना सवारीसाधन मोटरसाइकल मात्र हराउने गरेका छैनन्, ठुला ट्याक्टरसमेत चोरी भएको घटना छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन १ देखि जेठ १३ सम्म जिल्लामा जम्मा २२ वटा सवारीसाधन चोरी भएका छन् । जसमध्ये मोटरसाइकल १८ , ट्याक्टर, अटो ,सिटी सफारी र स्कुटर एक–एक वटा रहेका छन् । चोरीमा संलग्न २६ जनालाई पक्राउ गरी कारबाही गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

गत चैत १९ गते गौरीगञ्जमा ट्याक्टर चोरी भएको हो । गौरीगञ्ज गाउँपालिका–१ मा स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारिको टोलीले गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडूले भारततर्फ लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिए ।

सम्बन्धित समाचार