२०८३ बैशाख २४ गते , विहीबार

१४ किलो चाँदीका गहनासहित तीनजना पक्राउ

sajilo news
रासस
२०८१ असार २३ गते , आईतबार
१४ किलो चाँदीका गहनासहित तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ ।चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो ।

सीआईबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्री वितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ । ललितपुरबाट काठमाडौँतर्फ आउँदै गरेको सो भारतीय नम्बरको कारमा अवैध रूपमा चाँदीको गरगहना ल्याई अवैध रूपमा काठमाडौँका विभिन्न स्थानमा बिक्री वितरण गर्न लागेको भन्ने सूचनाका आधारमा सीआइबीले यही असार २१ गते उनीहरूलाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार