२०८३ असार ३ गते , बुधबार

भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने

sajilo news
झापा
२०८१ असार २३ गते , आईतबार
भोलिदेखि मनसुनको सक्रियतामा कमी आउने

भोलिदेखि वर्षाको मात्रामा केही कमी आउने भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ भोलि देखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको जानकारी दिएको हो। 

न्यून चापिय रेखा भोलिदेखि क्रमिक रूपमा दक्षिण तिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने छ।  भोलिदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार