२०८३ असार ३ गते , बुधबार

सप्तकोशीमा पानीको बहाब बढ्दै, ब्यारेजका ५६ मध्ये ४८ ढोका खोलिए

sajilo news
झापा
२०८१ असार २३ गते , आईतबार
सप्तकोशीमा पानीको बहाब बढ्दै, ब्यारेजका ५६ मध्ये ४८ ढोका खोलिए

सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । पूर्वी पहाडी  जिल्लाहरूमा लगातार परेको वर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाब बढेको हो । 

आइतबार सप्तकोसीमा पानीको बहाब प्रति सेकेन्ड  ३ लाख ४९ हजार ४ सय  क्युसेक  पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी  नबिनकृष्ण भण्डारीले जानकारी  दिएका छन् । 

सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४८ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा प्रति सेकेन्ड एकलाख ५० हजार क्युसेक पानीको बहाब  पुगेपछि खतरा मानिन्छ । 

सप्तकोशीमा पानीको बहब उच्च हुँदा समेत कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसीले वराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु, प्रकासपुर र महेन्द्रनगर, मधुवन लगायतका स्थानमा कटान सुरु गरेको छ । 

सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण  गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आसपासका क्षेत्रमा परिचालन गरिएको छ । 

सम्बन्धित समाचार