२०८३ बैशाख २४ गते , विहीबार

झापा कमलकी सुमित्रालाई धारिलो हतियार प्रहार गर्ने पक्राउ

sajilo news
झापा
२०८१ असार २३ गते , आईतबार
झापा कमलकी सुमित्रालाई धारिलो हतियार प्रहार गर्ने पक्राउ

झापाको कमल गाउँपालिका-६ सुकुम्वासी टोलकी ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । आरोपी सदा सप्तरी राजविराज नगरपालिका ११ स्थायी ठेगाना भई हाल कमल-६ मा कोठा भाडामा लिई बस्दै आएका थिए । 

सिटी सफारी चलाउने ४१ वर्षीय सदाले शनिबार दिउँसो १ बजे सुमित्रालाई धारिलो हतियारले टाउको र दुवै हातमा प्रहार गरी घाइते बनाएका थिए । घटनापछि फरार भएका सदालाई सप्तरी जिल्लाको बिसनपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । प्रहरीले घटनास्थलबाट एक थान खुकुरी, एक थान छुरी र एक थान रड बरामद गरेको छ । घाइतेको न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार