२०८३ बैशाख २४ गते , विहीबार

झापामा एक महिलाको हत्या, श्रीमान फरार

sajilo news
पार्थ मण्डल
२०८१ असार २१ गते , शुक्रबार
झापामा एक महिलाको हत्या, श्रीमान फरार

झापा । झापामा एक महिलाको हत्या भएको छ । झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । अनिशाको टाउको फलामे हम्मर प्रहार गरी हत्या गरिएको उनले बताए  
अनिशाको हत्या उनकै श्रीमान् सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन् । दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए । 
त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा हुनुपर्छ । सोही बेला सतिशलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए । 
सँगै एउटै घरमा बस्दै आएपनि अनिशा र सतिशबीच सम्बन्ध राम्रो थिएन । सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेका थिए । उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् । 
अनिशाको माइती घर झापा गाउँपालिका–७ पर्छ । यता प्रहरीका अनुसार घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाएको छ । 

सम्बन्धित समाचार