२०८३ बैशाख २४ गते , विहीबार

तेह्रथुममा खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

sajilo news
रासस
२०८१ असार २१ गते , शुक्रबार
तेह्रथुममा खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउ

तेह्रथुमको लालिगुराँस नगरपालिका–८ का २३ बर्षीय दिपक नेपालीले धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् । सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोलीले हत्यामा संलग्न नेपालीलाई पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार