२०८३ असार ३ गते , बुधबार

आजको मौसम : कोशीसहित यी प्रदेशमा भारी वर्षा, सतर्क रहन सुझाव

sajilo news
झापा
२०८१ असार २१ गते , शुक्रबार
आजको मौसम : कोशीसहित यी प्रदेशमा भारी वर्षा, सतर्क रहन सुझाव

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी र लुम्बिनी  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी,  मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि अति वर्षाको सम्भावना छ।

यस्तै कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार