२०८३ बैशाख २४ गते , विहीबार

पाँचथरमा दुई युवामाथि सामूहिक कुटपिट, एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ असार २१ गते , शुक्रबार
पाँचथरमा दुई युवामाथि सामूहिक कुटपिट, एक जनाको मृत्यु

पाँचथरको फिदिम नगरपालिका-१४ मा सामूहिक कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । युवाबीच कुटाकुट हुँदा घाइते भएका फिदिम १४ का ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।

बिहीबार बेलुकी साढे नौ बजे धनकुमार राईको घरमा धामीझाँक्री नाच हेर्न आएका दिनेशसहित पर्शुराम राई ध्रुव राई र पुष्कर विकलाई २० जनाको समूहले कुटपिट गरेको थियो।

कुटपिटबाट सख्त घाइते भएका राईलाई उपचारका लागि तत्काल पाँचथर अस्पताल अस्पतालमा लगिएको थियो। उनलाई चिकित्सकले बिहान ४ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए।

घाइतेमध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम,र पुष्करलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको छ।उनीहरूबीच झगडाको कारण खुल्न सकेको छैन भने कुटपिट गर्ने युवा फरार रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार