२०८३ असार ३ गते , बुधबार

‘उज्यालो इटहरी’ अभियान, बिजुलीका पोलमा बत्ती जडान सुरु

sajilo news
रासस
२०८१ असार २० गते , विहीबार
‘उज्यालो इटहरी’ अभियान, बिजुलीका पोलमा बत्ती जडान सुरु

इनरुवा ।  सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको हो । 

इटहरी–१  स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए।  सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युत्का खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उनले बताए । 

सम्बन्धित समाचार