२०८३ असार ३ गते , बुधबार

पोखरीमा डुबेर दुई बालकको मृत्यु

sajilo news
रासस
२०८१ असार १८ गते , मंगलबार
पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।   

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए । 

सम्बन्धित समाचार