२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरका दुईसहित सात जना लागु औषधसहित पक्राउ

sajilo news
झापा
२०८१ असार १८ गते , मंगलबार
भद्रपुरका दुईसहित सात जना लागु औषधसहित पक्राउ

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपराह्न झापाको भद्रपुर नगरपालिका–५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर–८ का ३६ वर्षीय सन्तोष राजवंशी र २६ वर्षीय अमर बरैयलाई ब्राउन सुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । उनीहरूले लेडिज साइकलको ह्यान्डलभित्र ब्राउन सुगर लुकाएर भित्राउन खोज्दा मेची पुलबाट पक्राउ परेका थिए । 

त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई १ ग्राम ब्राउन सुगर सहित र नरसिंह गाउँपालिका–६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजयकुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ ट्याब्लेट, नगद ३९ हजार र प्र १–०२–०४९ प ११३ नम्बरको मोटरसाइकलसहित र धरान–१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० ट्याब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार