२०८३ असार ३ गते , बुधबार

लायन्स क्लब बिर्तामोडको अध्यक्षमा बानियाँ

sajilo news
झापा
२०८१ असार १७ गते , सोमबार
लायन्स क्लब बिर्तामोडको अध्यक्षमा बानियाँ

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण तथा पदभार ग्रहण (ह्यान्ड ओभर एन्ड टेक ओभर) कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बीच आइतबार साँझ बिर्तामोडमा क्लबको पद हस्तान्तरण र ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा वर्ष २०२४–२५ का लागि चयन हुनुभएका अध्यक्षलाई अघिल्लो वर्षका अध्यक्षले विधिवत् पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड सिटी वर्ष २०२३–२४ का अध्यक्ष दुर्गाबहादुर थपलियाले वर्ष २०२४–२५ का अध्यक्ष उपेन्द्र बानियाँलाई पद हस्तान्तरण गरेका थिए ।

२०२३–२४ का अध्यक्ष थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण खड्का (प्रेम)ले गरेका थिए । लायन्सको नियम अनुसार क्लबका अध्यक्षले समितिलाई पूर्णता दिनेछन् ।

पदभार ग्रहणपछि कार्यक्रममा बोल्दै २०२४–२५ का अध्यक्ष बानियाँले बिर्तामोड लायन्स सामाजिक कार्यमा सधैँ सक्रिय रहने बताए । स्थानीय सरकार र विभिन्न संघसंस्थासंग भाइचाराको सम्बन्ध बनाउँदै लायन्सले समाजमा गरिरहेको सामाजिक कार्यलाई थप सक्रियताकासाथ अगाडी बढाउने बताए ।

२०२३–२४ का अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा भएका कामहरूको जानकारी गराएका थिए । उनले बिद्यार्थीहरुका लागि पोसाक तथा शैक्षिक सामाग्री वितरण, रक्तदान, दृष्टिविहीनका लागि सहयोग लगायतका विभिन्न १६ वटा कार्यक्रमहरू गरिएको बताए । 

त्यस्तै लायन्स क्लबका डिस्ट्रिक्ट चिफ तथा लायन्स क्लब अफ बिर्तामोड सिटीका संस्थापक अध्यक्ष नीरजकुमार ओली, लायन्स क्लब अफ बिर्तामोड लेडीकी पूर्व अध्यक्ष दुर्गा पाठक थपलिया र युवा व्यवसायी बिसन लिम्बूले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार