२०८३ असार ३ गते , बुधबार

बाह्रदशीमा जनविकास माविको नतिजा शून्य, निजी विद्यालयको नतिजा पनि निराशाजक

sajilo news
झापा
२०८१ असार १६ गते , आईतबार
बाह्रदशीमा जनविकास माविको नतिजा शून्य, निजी विद्यालयको नतिजा पनि निराशाजक

झापाका अन्य पालिकासँगै बाह्रदशीको पनि एउटा विद्यालयको एसइई परीक्षाको नतिजा शून्य आएको छ । बाह्रदशी ४ को जनविकास माध्यमिक विद्यालयको नतिजा शून्य आएको हो । त्यस विद्यालयबाट २१ जनाले परीक्षा दिएका थिए । त्यस्तै बाह्रदशी १ स्थित अमृत माविको उत्तीर्ण दर शून्य रहेको छ । सो विद्यालयका तर्फबाट ७० जनाले एसइई दिएकोमा मात्र एक जना उत्तीर्ण भएका छन् । त्यस्तै पञ्चमणि माविमा पनि एक जना मात्र उत्तीर्ण भएका छन् । त्यस विद्यालयबाट १९ जनाले परीक्षा दिएका थिए ।

त्यस्तै अन्य सामुदायिक विद्यालयमा पशुपति माविका १२३ सहभागीमध्ये ४२ जना उत्तीर्ण , फूलबारी माविका २७ जना सहभागीमध्ये ४ जना उत्तीर्ण , गौरीशङ्कर माविका ६० जना सहभागीमध्ये १९ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै संस्थागत विद्यालयतर्फ कंचनगढ एजुकेसन फाउन्डेसनका १३ जना सहभागीमध्ये ३ जना उत्तीर्ण , मिनी माउन्टेन इङ्गिलस स्कुलका ११ जना सहभागीमध्ये ११जना नै उत्तीर्ण , दिपजन अङ्ग्रेजी माविका ५५ जना सहभागीमध्ये ४५ जना उत्तीर्ण , कंचनज्योति अङ्ग्रेजी माविका १८ जना सहभागीमध्ये १४ जना उत्तीर्ण , लिटल स्टार अङ्ग्रेजी माविका ३१ ज्ना सहभागीमध्ये १४ जना उत्तीर्ण , नमुना अङ्ग्रेजी माविका १० जना सहभागीमध्ये २ जना उत्तीर्ण , दिव्यज्योति अङ्ग्रेजी माविका ३० जना सहभागीमध्ये ५ जना उत्तीर्ण र ज्ञानज्योति माविका ७१ जना सहभागीमध्ये ४४ जना उत्तीर्ण भएको बाह्रदशी गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बाह्रदशीका ५६१ जना विद्यार्थीहरूले एसइई दिएकोमा २१२ जना उत्तीर्ण भएका छन् । जुन ३७.७८ प्रतिशत हो । झापाका अन्य पालिकाका धेरै विद्यालयहरूको नतिजा शून्य आएको छ । कचनकवल गाउँपालिकाका ४ , झापा गाउँपालिकाका २ तथा हल्दिवारी र शिवसताक्षीका एक–एकवटा विद्यालयको नतिजा शून्य आएको हो । त्यस्तै भद्रपुरका तीनवटा विद्यालयको एसइईमा उत्तीर्ण दर शून्य आएको छ ।

सम्बन्धित समाचार