२०८३ बैशाख २४ गते , विहीबार

झापामा बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

sajilo news
झापा
२०८१ असार १५ गते , शनिबार
झापामा बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापामा बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेर कारागार पठाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४ का ३४ वर्षीय लुसन तिवारी रहेका छन् ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ १० गतेको फैसलादेखि उनी फरार थिए । उनलाई २० दिन कैदसँगै २७ लाख रुपैयाँ जरिवाना र एक लाख आठ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गर्न अदालतले आदेश दिएको छ ।

 तिवारीलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशपछि उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

 

सम्बन्धित समाचार