२०८३ असार ३ गते , बुधबार

झापामा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु, आमा घाइते

sajilo news
झापा
२०८१ असार १५ गते , शनिबार
झापामा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा सिटी सफारीको ठक्करबाट छोरीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । शुक्रबार दिउँसो १:४५ बजेको समयमा दमक नगरपालिका-१ बरगाछीस्थित भित्री पक्की सडक खण्डमा श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले पैदल यात्री काठमाडौँ घर भई हाल दमक १मा डेरा गरी बस्ने २४ वर्षीया शर्मिला लिम्बू (मगर) र उनका छोरी २ वर्षीया आरुसी मगरलाई ठक्कर दिएको थियो ।

दुवैलाई उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजे आरुसी मगरको मृत्यु भएको हो । हात खुट्टामा सामान्य चोट लागेकी शर्मिला लिम्बूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नाम, थर, वतन नखुलेका सिटी चालक फरार रहेकाले खोजतलास भइरहेको र सिटी सफारी इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छ ।  मृतक बालिकाका बुवा अजय मगर सशस्त्र प्रहरी जवान भएको बताइएको छ ।

सम्बन्धित समाचार