२०८३ बैशाख २४ गते , विहीबार
शिशुको हत्या आरोपमा आमा पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ की २६ वर्षीया रत्नमाया भुजेललाई नवजात शिशुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
असार ७ गते शुक्रबार आफ्नै घर छेउमा रहेको सल्लाघारी जंगलमा ७ महिनाको नवजात शिशुलाई जन्माई सालनाल सहित खाल्डोमा पुरेको भन्ने खबर प्राप्त भए सगैं जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट शिशुको शव निकाली पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुमा पठाएको थियो ।
घटनाको छानबिन गर्ने क्रममा प्रहरीले हत्यामा संलग्न रत्नमायालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।