२०८३ असार ३ गते , बुधबार

यस्तो छ आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ असार १३ गते , विहीबार
यस्तो छ आजको मौसम : मध्यमदेखि भारी वर्षाको सम्भावना

बागमती र मधेश प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। देशभर धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा साथै एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका  थोरै स्थानमा भारी वर्षाको सम्भावना साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित समाचार