२०८३ असार ३ गते , बुधबार

झापाको मेचीनगरमा एउटा हात्ती मृत भेटिए

sajilo news
झापा
२०८१ असार १३ गते , विहीबार
झापाको मेचीनगरमा एउटा हात्ती मृत भेटिए

झापाको मेचीनगरमा एउटा भाले जंगली हात्ती मृत फेला परेको छ ।  मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी १० वर्षको भाले हात्ती मृत बिहीबार बिहान साढे ७ बजेको फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । हात्ती मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थल पुगेर जिल्ला डिभिजन वन कार्यालय झापा र मेची सवडिभिजन कार्यालय धाईजनका टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ । हात्तीको पोस्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञको टोली पनि आइरहेको डीएसपी चन्दले बताए । 

सम्बन्धित समाचार