२०८३ असार ३ गते , बुधबार

झापाको बनियानी खाेलाले बगाउँदा एक बालक बेपत्ता

sajilo news
झापा
२०८१ असार १३ गते , विहीबार
झापाको बनियानी खाेलाले बगाउँदा एक बालक बेपत्ता

झापाको गौरीगञ्ज गाउँपालिका- १ स्थित बनियानी खोलाले बगाउँदा एक बालक बेपता भएका छन् ।

बेपता हुनेमा वडा नं १ झोलुंगे टोलका वेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको गौरीगञ्ज १ का वडा अध्यक्ष कात्तिकलाल राजवंशीले बताए ।

बुधबार साँझ ६ बजेतिर साथीहरुसँग खोला तर्ने क्रममा ती बालकलाई खोलाले बगाएको स्थानीयले बताएका छन् । जनपद प्रहरी , सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा खोलामा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ

सम्बन्धित समाचार