२०८३ असार ३ गते , बुधबार

बिर्तामोडको पसलहरुभित्रै पानी ! तत्काल निकास निकाल्ने वडाध्यक्षहरूको प्रतिबद्धता

sajilo news
झापा
२०८१ असार १३ गते , विहीबार
बिर्तामोडको पसलहरुभित्रै पानी ! तत्काल निकास निकाल्ने वडाध्यक्षहरूको प्रतिबद्धता

बिर्तामोड । विशाल मार्केट र प्रसाईँ मार्केटमा रहेका व्यवसायीहरूको पसलमा पानी पसेर पु¥याएको क्षति प्रति बिर्तामोड उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै त्यसको दीर्घकालीन निकासका लागि पहल थालेको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायी र घर धनीबीच संयुक्त बैठक राखेर समस्याको निकास निकाल्न  पहल थालेको हो । संयुक्त बिर्तामोड नगरपालिका वडा नम्बर ४ र ५ का वडाध्यक्षहरू समेत सहभागी थिए ।

बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईँको प्रमुख आतिथ्यमा भएको बैठकमा पानीले निकास नपाउँदा  पसलमा पानी पसेर क्षति पु¥याएको निष्कर्ष निकालिएको थियो । ड्रेन जाम भएकाले पानीको निकास नहुँदा पसलहरूमा पानी पसेर क्षति पु¥याएको भन्दै व्यवसायीले आवाज उठाएपछि बिर्तामोड नगरपालिकाको सहयोगमा ड्रेन सफा गरिने प्रतिबद्धता जनप्रतिनिधिले जनाएका छन् । वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्मा र वडा नम्बर ५ का वडाअध्यक्ष  प्रसाईँले  नाला सफा गर्दै पानीको निकास निकाल्न भोलिबाटै शुरु गरिने बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको बैठकको सहजीकरण महासचिव कुशल खतिवडाले गरेका थिए ।पानीको निकास नहुँदा विशाल मार्केट र प्रसाईँ मार्केटमा रहेका पसलमा पानी पसेर क्षति पु¥याएको थियो । पानीले  २५ वटा बढी पसलमा राखिएका सामग्रीमा भिजाएर नष्ट गरेको हो । जसका कारण व्यवसायीले लाखौँ रुपैयाँको क्षति व्यहोर्नु परेको वाणिज्य संघको निष्कर्ष छ ।  पसलमा पानी पसेपछि हरेक व्यवसायीहरूले ५० हजारदेखि माथिको क्षति व्यहोर्नु परेको बताएका छन् 

सम्बन्धित समाचार