बिर्तामोडका कृषक तथा व्यवसायीहरुलाई सामग्री हस्तान्तरण
बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरूलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ ।नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा तथा बङ्गुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो ।
चिलिङ्ग भ्याट २ वटा, मिल्क क्यान ८ वटा, दाना पिसाउने मेशिन ५ वटा र काउमेट २२ जनालाई १ देखि ४ थानका दरले ११ लाख ६८ हजार ५ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो । उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरूको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।
उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधा कृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य सङ्गीता सिवा, सिता विश्वकर्माले हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले नगरले प्रदान गरेको सामग्रीको सही सदुपयोग गर्न आग्रह गरिन । कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारका सहयोग गर्दै आएको बताउँदै उनले उत्पादनमा जोड दिइन ।