२०८३ असार ३ गते , बुधबार
स्वास्थ्य स्वयंसेविकालाई नगद एक लाखसहित सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधवार नगर कार्यपालिकाको दोस्रो नगर सभाको पाँचौँ अधिवेशनको समापन शत्रको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणि चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् ।
विगत लामो समयदेखि आफ्नो उर्वर समय युवा अवस्थादेखि ६० वर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरी अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खँदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । नगरपालिकाले यसअघि पनि नगरका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानित गरिसकेको छ ।