२०८३ असार ३ गते , बुधबार

झापामा जङ्गली हात्तीद्वारा तीनवटा घरमा क्षति

sajilo news
झापा
२०८१ असार १२ गते , बुधबार
झापामा जङ्गली हात्तीद्वारा तीनवटा घरमा क्षति

झापाको बिर्तामोडमा जङ्गली हात्तीले तीनवटा घरमा क्षति पुर्‍याएको छ । जङ्गलबाट निस्किएको हात्तीले गएराति १ बजेतिर बिर्तामोड नगरपालिका- ७ का भवानी सुनुवारको पक्की घेराबारा, टिनको छानो भएको एकतले घरको पश्चिम उत्तरतर्फको पर्खाल भत्काएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै सोही ठाउँका राम पौडिया सन्थालको टाटी घेराबारा, टिनको छानो भएको एकतले घरको दक्षिणतर्फबाट टाटी भत्काएको छ भने रसौदा खातुनको टिनको गुम्तीको अगाडीको ढोका भत्काएर क्षति गरेको छ । जसबाट १ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार