२०८३ असार ३ गते , बुधबार

आजको मौसम : यी स्थानमा भारी वर्षा, सजग रहन आग्रह

sajilo news
झापा
२०८१ असार १२ गते , बुधबार
आजको मौसम : यी स्थानमा भारी वर्षा, सजग रहन आग्रह

बागमती, कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्कादेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै तथा गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ । 

सम्बन्धित समाचार