२०८३ असार ३ गते , बुधबार

झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

sajilo news
झापा
२०८१ असार १२ गते , बुधबार
झापाको कचनकवलमा सर्पले डस्दा बालिकाको मृत्यु

झापाको कचनकवल गाउँपालिका-३ गंगाबस्तीमा विषालु सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । हिजो साँझ ५ः३० बजेको समयमा कचनकवल-३ गंगाबस्ती बस्ने हरिप्रसाद राजवंशीकी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले टोकेको थियो ।

बालिकालाई बनियानी सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् । बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए । 

सम्बन्धित समाचार