२०८३ असार ३ गते , बुधबार

झापामा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
झापा
२०८१ असार १२ गते , बुधबार
झापामा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा –झापा भित्री पक्की सडक खण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो बिहान अन्दाजी १०ः३० बजेको समयमा कनकाई-३ स्थित पशुपति बोर्डिङनजिक सुरुङ्गा –झापा भित्री पक्की सडक खण्डमा मदरगाछीबाट सुरुङ्गा आउँदै गरेको प्र.१–०१–००१ह. ७७३८ नम्बरको अटोले पैदलयात्री कनकाई ३ सुरुङ्गा बस्ने ६० वर्षीय ओमप्रकाश भेटवाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान ११.३० बजेको मृत्यु भएको हो ।अटो र चालक कनकाई ५ मदरगाछी बस्ने ४२ वर्षीय टिकाराम उप्रेतीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार