२०८३ असार ३ गते , बुधबार
चट्याङ लागेर बालकको मृत्यु
दाङमा चट्याङ लागेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका १० वर्षीय सुवास बिक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए।
सोमवार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका उनलाई चट्याङ लाग्दा मृत्यु भएको हो। घर अगाडि रहेको भाँडा राख्ने र्याकमा चट्याङ पर्दा उनी घाइते भएका थिए। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।